‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार
काठमाडौं । प्रदेश नं. २ मधेस प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा खरिद गरेको साइकलमा अनियमितता भएपछि ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
मधेस प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा खरिद गरेको साइकलमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साइकल खरिद प्रक्रिया गर्दादेखि भुक्तानी गर्दासम्म कर्मचारी र साइकल आपुर्तिकर्ताले रकम हिनामिना गरेको पृष्टि भएको थियो ।
प्रदेश सचिव यामप्रसाद भुसाल, सि.डि.ई. भगवान झा, सह–लेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख अधिकृत बैठौराम स्वार्य महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र एम÷एस ओम सत्य सल प्रालि वीरगन्जका कार्यकारी निर्देशक रेनु अग्रवालविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
यसैगरी,अख्तियारले बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरूविरूद्ध पनि मुद्दा दायर गरेको छ। समिति अध्यक्ष तथा उपसचिव दिलिपकुमार प्रधान र अधिकृत आठौं सुरेन्द्रकुमार कर्णविरूद्ध पनि मुद्दा दायर भएको हो ।
उनीहरुमाथि कानुन बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी गर्दै विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमको साइकल खरिदमा भ्रष्टाचार, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्