Techie IT
सोमबार, वैशाख २२,२०८२

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा टोकियोस्थित हिमालयन इन्टरनेशनल एकेडेमीको अवलोकन भ्रमण


काठमाडौं । नेपाल महोत्सवमा सहभागी हुन जापान पुग्नु भएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले टोकियोस्थित हिमालयन इन्टरनेशनल एकेडेमीको अवलोकन भ्रमण गर्नु भएको  छ ।

अध्यक्ष तिमिल्सिनाले हिजो विद्यालयका प्रवर्द्धक, शिक्षक र व्यवस्थापन टोलीसँग विद्यालयमा हुने पठनपाठन र अतिरिक्त क्रियाकलापको अवलोकन गर्नुभएका हो ।

विद्यालयका प्रधानाध्यापक कालु सिंह मेहताका अनुसार अध्यक्ष तिमिल्सिनाले विद्यालयको पठनपाठन गतिविधि र विद्यालयले भोग्दै आएको समस्याबारे जानकारी लिनुभएको थियो ।

सोही अवसरमा अध्यक्ष तिमिल्सिनाले  विद्यालय व्यवस्थापनसँग  जापानमा नेपाली भाषा, संस्कृति र परम्पराको प्रवद्र्धन गर्ने विषयमासमेत छलफल गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले विद्यालयको गतिविधिको प्रशंसा गर्दै विद्यालयका विद्यार्थीले स्कुलमा शिक्षा प्राप्त गरे पश्चात् जापान र विश्वभर नेपालको सांस्कृतिक दूत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भविष्यमा विद्यालयले सामना गर्न सक्ने कुनै पनि चुनौतीलाई समाधान गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #गणेशप्रसाद तिमिल्सिना, #राष्ट्रियसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545