गैँडाकोटबाट एसइई उत्तीर्ण विद्यार्थीहरुलाई नेबिसंघ र सुशील कोइराला सर्कलले सम्मान गर्ने
गैँडाकोट । गैँडाकोट नगर क्षेत्रबाट २०७८ सालको एसइई उत्तीर्ण विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति गैँडाकोट र सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले आगामी शनिबार गैँडाकोटमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्ने भएका छन् । आयोजक दुई संस्थाले बुधबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मान कार्यक्रमबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थाहरुलाई धन्यवाद दिनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै सोसलिष्ट युथ सर्कलका जिल्ला अध्यक्ष पवन कार्कीले विद्यार्थीहरुलाई प्रेरणा पुगोस् भनेर विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेविसंघ नगर संयोजक रमेश कोइरालाले साउन २१ गते आयोजना गर्न लागिएको कार्यक्रममा एक हजार तीन सय ५१ जना विद्यार्थीलाई मायाको चिनो र प्रमाणपत्रबाट सम्मान गरिने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महासमिति सदस्य गोकुल सापकोटा, गैँडाकोट ९ का वडा सदस्य ज्ञानप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल विद्यार्थी संघ, #सुशील कोइराला सोसलिष्ट युथ सर्कल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्