Techie IT
मंगलबार, कात्तिक २५,२०८३

आजको राशिफल


काठमाडौँ । आज २०७९ साल साउन १९ गते बिहीबार । तपाईंको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
मेष : दिन सामान्य राम्रो छ । खर्च बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ । भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ ।
वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला । व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ । गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ ।
मिथुन : दिन राम्रो छ । आफन्तको सहयोग मिल्नेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन् । शत्रु बढ्नेछन् । पठनपाठनमा जोशजाँगर बढ्नेछ । प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।
कर्कट : काममा सफलता मिल्नेछ । उत्साह बढ्नेछ । शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ । जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ । अरु सबै क्षेत्र यथास्थितिमा रहनेछ ।
सिंह : बोलीमा मिठास रहनेछ । शत्रु बढ्नेछन ्। रोगबाट मुक्ति मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ ।
कन्या : शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ । खर्च बढ्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ ।
तुला : सामान्य दिन राम्रो छ । स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक मेलमिलाप हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ । अरु क्षेत्र यथास्थितीमा छ ।
वृश्चिक : दिन सामान्य राम्रो छ । समस्याबाट नै समाधान निकाल्नुपर्नेछ । बिहान उठेर सूर्यको दर्शन गर्नुहोला । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ ।
धनु : दिन सामान्य राम्रो छ । मातापिताबाट सहयोग मिल्नेछ । राजनीतिमा शत्रु बढ्नेछ । आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ ।

मकर : दिन निकै राम्रो छ । बोलीको प्रभाव बढ्नेछ । व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ । प्रेममा सफलता पाइनेछ ।
कुम्भ :  दिन सामान्य राम्रो छ । मनमा उल्लास बढ्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ । पठनपाठनमा आलस्य बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहला ।
मीन : दिन सामान्य राम्रो छ । सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ । आफन्तबाट अपमान मिल्नेछ । अनावश्यक यात्रामा ननिस्कनु होला । रोगको प्रकोप बढ्ने देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आजको राशिफल


तपाईको कमेन्ट लेख्नुहोस्