Techie IT
बुधबार, मंसीर ३,२०८३

आज तुलसीदास जयन्ति


काठमाडौं । आज तुलसीदास जयन्ति । भगवान् श्री राम प्रतिको समर्पण अनि उनका खण्डकाव्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) का लागी उनी प्रसिद्ध छन् ।
उत्कृष्ट तुलसी दासले यो जगत छाडेर गएका लगभग ४५० बर्ष भइसके पनि बिभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिधापीठहरुमा तुलसी दासको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।

कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा सम्म लिइन्छ र अझै पनि उन्ले लेखेका हनुमान चालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरिनै अर्चना गरिने, गाइने अनि जप्ने गरिन्छ ।
को हुन तुलसीदास ?
सर्वप्रिय साधक र हिन्दु दर्शनका पूर्नब्याख्याकार अनि धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसी दास ( सन १५३२ देखि १६२३), जसलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ ।
उनी बिशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उन्का खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीकृत रामायण) का लागी यस जगमा प्रसिद्घ छन् ।

आफ्नो जिवनको अधिकाशं काल तुलसीदासले वाराणसी अर्थात वनारसमा विताएका हुन् । बनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ ।
तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भमा रहेका र जन्मदानै १२ वटा दाँत भएका थिए रे भन्ने कथाहरु आजसम्म पनि सुनिन्छ ।

जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले बरु रामको नाम लिएका थिए रे र त्यसैकारणले उनको नाम रम्बोला रहन गएको भनि तुलसी आँफैले बिनायपत्रिकामा लेखेका छन् ।
तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।

यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।


क्याटेगोरी : समाचार
ट्याग : #आज तुलसीदास जयन्ति


तपाईको कमेन्ट लेख्नुहोस्