चितवनको भरतपुरबाट लागुऔषध सहित दुई जना पक्राउ
चितवन । प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
वर्डा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीको गस्ती टोलीले आज (बुधबार) बिहान साँढे चार बजे निलो रङको फाईबरको झोलामा लुकाईछिपाई ल्याएको लागुऔषधसहित भरतपुर महानगरपालिका वडा नंम्बर ०१ बस्ने २५ बर्षीया बिष्णु के.सी र भरतपुर महनगरपालिका वडा नंम्बर ०२ बस्ने २७ बर्षीया आशिष चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेपाम ७१ एम्पुल, प्रोमोताईजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी २१७ एम्पुल फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्