राजसंस्था पुनसंथापनाको माग गर्दै राप्रपा निकट युवा संगठनद्वारा प्रदर्शन
काठमाडौं । संघीयता खारेजी र राजसंस्था पुनसंथापनाको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट युवा संगठनले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै युवा संगठनका केन्द्रिय अध्यक्ष पनीराज लोहोनीले हिन्दु राष्ट्र कायम गर्दे प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने बताएका छन् । उनले राजसंस्था स्थापना र संघीयता खारेज गर्नुपर्ने मागलाई दोहो¥याएका छन् ।
अध्यक्ष लोहोनीले देशमा बढेको भ्रष्टचार नियन्त्रण गर्न सक्ने राप्रपा मात्र भएको दावि गर्दै उनले गठबन्धनको नाममा राज्य संचालकहरुले मनपरि गरेको जनताले हेरेका छन् , यस्तै हो भने श्रीलंकाका शासकहरुको जस्तो हालत तिमिहरुको पनि हुने भन्दै चेतावनि दिएका छन् ।
बाईट १.भ्रष्टचारको अन्त राप्रपाले मात्र गर्न सक्छ अरु कुनै दलले हैन् । किनभने यिनिहरु राज्य सत्ताको लागी गठबन्धनको नाममा मनपरि गरिरहेका छन् । यस्तै हो भने श्रीलंकाको राष्ट्रपति अहिले कहाँ छन्,भाली तपाईहरु पनि यसैगरि देश छाडेर हिड्नुपर्ने अवस्था आउदै छ ।
नेपाली चेली बिहे गरेर उनिहरुको देशमा जाँदा प्रस्ताव गर्न ७ वर्ष लाग्ने उनिहरुका चेली नेपालमा आउने वित्तिकै नागरिकता दिनु पर्ने यो समानन्तर नभएको उनको भनाई छ ।
यो माग राख्दै राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर, माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन गरेको उनिहरुको भनाई छ ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राजसंस्था पुनसंथापनाको माग गर्दै राप्रपा निकट युवा संगठनद्वारा प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्