Techie IT
बुधबार, जेठ १,२०८२

राज्यले जंगलतिर खेद्न खोज्यो: विप्लप माओवादी


 

काठमाडौं । नेकपा विप्लव माओवादीका महासचिव सन्तोष बुढामगरले राज्यले आफूहरुलाई जंगलतिर खेद्न खोजेको बताएका छन् ।
बुधबार‘एमसीसी–एसपीपी,महंगी र नेकपासँगको ३ बुंदे सहमति’ विषयक चार कम्युनिष्ट पार्टीहरुको संयूक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव बुढामगरले भने,‘राज्यले हामीलाई जंगलतिर खेद्न खोजेको छ, तर हामी फेरी युद्धको दिशातर्फ जान खोजेका छैनौँ ।’
उनले देशमा बढेको बेथितिको अन्त्य गर्नका लागि क्रान्तिहरु लामबद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

“योजनाबद्ध तरिकाले ३ बुंदेलाई उल्लघङ गरेर उनीहरु हामिलाई उनीको भाषामा हामिलाई जंगलतिर खेद्ने रे । हामिलाई जंगलतिर खेद्न खोजिरहेका छन् । तर, हाम्रो पार्टी जंगलतिर होईन् । हाम्रो पार्टी काठमाडौंको बिशाल जंगलमा बस्छ ।”
बुढामगरले विप्लवको नाममा काटिँएको पक्राउ पुँर्जीप्रति आपत्ति जनाएका छन् । उनले आफ्ना सम्पूर्ण मुद्धाहरु खारेज गर्न र पक्राउ परेकाहरुलाई रिहाई गर्न राज्यसँग अपिल गरे ।
कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरबी भण्डारीले सरकारले राज्यका नागरिकलाई विदेश पठाएर राज्यको ढुकुटी भर्ने सपना देखेको आरोप लगाए । सरकारले हजारौं म्यानपावर खोलेर यूवाहरुलाई खुलेआम बेच्ने गरेको टिप्पणी गरे ।

“यो देशको सत्ता हजारौं मेनपावर खोलेर नेपाली यूवाहरुलाई बिक्री गरिरहेको छ । तपाईहरुलाई थाहा होला, कुनै एक देशसँग कुराकानी गरेर २,४ सय मान्छे पठाउने भयो भनेदेखि राज्यले ठूलो हंगामा गरेर भन्छ– फलानो देशसँग सम्झौता भयो । हाम्रा यति यूवाहरु विदेश जादैँछन् । दुनियामा मान्छे बेचेर , आफ्नो नागरिकलाई बेचेर राज्यको ढुकुटी भर्छु भन्ने दुनियामा यस्तो कोही हुँदैन् ।”
नेकपा माओवादी समाजवादी अध्यक्ष कर्णजित बुढाथोकीले आफूहरुको मूल ध्येय जनताको पक्षमा जनको शासन व्यवस्था कसरी ल्याउने भन्नेमा रहेको बताए ।

“हामि खबरदारी गर्न उभिएका हुन्छौं । कर्तव्य निर्भाह गर्न उभिएका हुन्छौं । चुनौंति दिन उभिएका हुन्छौं । जनपरामर्श गर्न उभिएका हुन्छौं । र, अनुरोध गर्न पनि उभिएका हुन्छौं । हाम्रो मूल ध्येय यो जनताको पक्षमा जनताको शासन व्यवस्था कसरी ल्याउने भन्ने कुरा नै मूख्य विषय हो ।”
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता जागृत रायमाझीले क्रान्तिकारी कम्यनिष्ट पार्टीहरु एकजुट भएर जानुपर्नेमा जोड दिए । उनले क्रान्तिकारी पार्टीहरुमा एकले अर्कालाई होच्याउने प्रवृति बढेको भन्दै एकजुट भएर क्रान्तिको कार्यभारलाई पूरा गुर्नपर्ने बताए ।

“भुमण्डल एकीकृत, पूँजीवाद एकीकृत भएर शसक्त भएर आएको छ । नेपालका कम्यूनिष्टहरु भनेका पनि त्यसका दलाल भएका छन् । अनि भुमण्डल एकीकृत, पूँजीवाद र दलाली पूजीँवाद एकढिक्का भएर आईराखेको छ । हामि क्रान्तिकारीहरु एकले अर्कालाई एकले अर्कालाई हिलो छ्याप्ने, एकले अर्कालाई होच्याउने, एकले अर्काको छाला काड्ने, काटेर खशीलाई खुल्याएको जस्तो हामिले एकले अर्कालाई खुईल्याएका छौं । यो बन्द गरौं । आउनु क्रान्तिको कार्यभारलाई ठिक ढंगबाट पूरा गरौं ।”
कार्यक्रममा बोल्ने नेताहरु कम्यूनिष्ट आन्दोलनलाई एकताबद्ध रुपमा अगाडी लैजानुपर्नेमा एकमत देखिए । उनीहरुले विप्लव नेतृत्वको पार्टीलाई काटेको पक्राउ पूर्जी फिर्ता लिन माग गरे । तत्कालिन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीनिमा होमिएको पार्टीका नेता कार्यक्रतालाई पक्राउ पुर्जी काट्नु भनेकै देशमा द्वन्द्वलाई निम्तो दिनु हो भन्दै टिप्पणी गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #राज्यले जंगलतिर खेद्न खोज्यो: विप्लप माओवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:13 am6:46 pm +0545