पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग
काठमाण्डौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नेपाल आयल निगमलाई खबरदारी गरेको छ ।
बुधबार अनेरास्ववियू बागमती प्रदेश कमिटीले नेपाल आयल निगमको कार्यालय टेकु अगाडि मूल्य समायोजनाको माग गर्दै विरोध प्रदर्शन गरेको हो । भारतबाट मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन नगरेको भन्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ग्यास र पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता गर, जनताको चुलो निभाउन पाइदैन परामदेशी सरकार चाहिँदैन, नालायक सरकार राजीनामा दे लेखेका प्लेकार्ड बोकेका थिए । कतिपय प्लेकार्डमा प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरिएको थियो ।
विरोध प्रर्दशन गर्दै अनेरास्ववीयूका केन्द्रीय सदस्य विशाल विश्वकर्माले यथाशिघ्र मुल्य समायोजन गर्न निगमलाई आग्रह गरेका छन् । उनले मूल्य समायोजन नभए अनेरास्ववीयू कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिए ।
“अन्तराष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटेपनि नेपालमा नघटेको हुनाले यसलाई समायोजन गर्नको लागि हाम्रो आन्दोलन हो । सरकारले दलाली करण भईरहेको छ, हामीले खबरदारी गर्ने कार्यक्रमलाई निरन्तरता दिने छौ ।”
विरोध प्रर्दशन प्रश्चात अनेरास्ववीयूले नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायलाई बिनेल पौडेललाई विज्ञप्ती बुझाएको छ ।
अनेरास्ववीयू बाग्मतीका अध्यक्ष पंकज भण्डारीद्वारा जारी विज्ञप्तिमा भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २५.१ रुपैया प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास ७७ रुपैया प्रति सिलिन्डर मूल्य घटाउदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको उल्लेख गरिएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महंगीको भारी बोकाउन लागि परेको आरोप लगाइएको छ । अब तत्काल मूल्य नघटाए निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, #पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न अनेरास्ववियुको माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्