Techie IT
मंगलबार, वैशाख २३,२०८२

कांग्रेसले भारतीय फौज ल्याएर नागरिकको हत्या गरेको अध्यक्ष ओलीको आरोप


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतदेखि अहिलेसम्म नेपाली कांग्रेसको मति परिवर्तन नभएको बताएका छन् । तुल्सी लाल अमात्यको स्मृति दिवसमा बोल्दै ओलीले २०१० देखि अहिलेसम्म पनि कांग्रेसको मति परिवर्तन नभएको उल्लेख गरे ।
ओलीले नेपाली कांग्रेसले भारतीय फौज ल्याएर जनताका निम्ति काम गर्ने भीमदत्त पन्तजस्ता महानयोद्धाको हत्या गरेको आरोप लगाए । कांग्रेसको एकल सरकारले त्यो बेला देशभक्त नागरिकको टाउँको काटेर प्रर्दशन गर्ने गरेको उनको आरोप छ ।

“२०१० साल श्राउन १७ गते नेपाली कांग्रेसको सरकारले नेपाली सुरक्षा निकायहरु फौज प्र्रहरी पुगेन भनेर भारतीय फौज ल्याएर देशभक्त र जनताका निमित्त काम गर्ने भीमदत्त पन्तजस्ता जनताका महानयोद्धा त्यस्ता व्यक्तिको हत्या गरेको थियो । आज पनि एउटा देशभक्त, शान्तपूर्ण ढंगले गोलबद्ध गरेर जनताका हक अधिकारको पक्षमा आवाज उठाईरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही कांग्रेसको विरोध निन्दा गर्छु । त्यसबेला देखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन गरेको छैन् । विदेशी सेना ल्याएर जनताको पक्षमा लडिरहेको नेपालीलाई मार्न लगाउने, टाउको काटेर बाँस काटेर त्यसमा झुण्डाएर प्रर्दशन गर्ने । यसप्रकारका काम नेपाली कांग्रेसको सरकारले गरेको थियो र नेपाली कांग्रेसको एकल सरकारले गरेको थियो ।”

ओलीले जनताले मंहगीको कष्ट झेल्नुुपरेको बताउँदै एकवर्षदेखि विकास निर्माण ठप्प आरोप लगाए । उनले देशको अर्थतन्त्र ओरालो लागेको बताउँदै सचेत भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

“जनताले मंहगीको कष्ट झेल्नुुपरेको छ । जुन रफ्तारमा विकास निर्माण भएको थियो । त्यो ठप्प छ । एकवर्षदेखि विकास निर्माण ठप्प छ । यो देश ओरालो लाग्ने बाहेक केही हुँदैन् । त्यसो भएर हामि सचेत भएर अगाडी बढ्नुपर्छ ।”
उनले यो गठबन्धन देशद्रोही, अलोकतान्त्रिक र भ्रष्ट भएको आरोप लगाउँदै विकास विरोधी गठबन्धनलाई पराजित गर्न सबै एकजुट भएर लाग्नुपर्ने तर्क राखे ।
यस्तै, कार्यक्रममा ‘बुद्ध, बुद्धत्व र बुद्ध दर्शन’ पुस्तकको समिक्षा गर्दै पूर्वमन्त्री तथा बौद्ध दर्शनका विज्ञ केशबमान शाक्यले उक्त पुस्तक माक्र्सवादका अध्ययनकर्ता तथा बुद्ध धर्मका विद्धानहरुको लागि उपयोगी रहने बताए । उनले पुस्तकमा विश्वब्रमाह्ण्डबारे ईश्वर वादी र विज्ञानवादी दृष्टिकोषको तुलना गरिएको तर्क व्यक्त गरे ।

“माक्र्सवादका अध्ययन् कर्ताहरुले पढ्दाखेरी फाईदा हुने हो । त्यत्तिकै यो किताब बुद्ध धर्मका गुरुहरुले पढ्ने खालको किताब जस्तो लाग्यो । पुस्तकमा व्यक्त गरिएको जुन बुझाई छ, त्यो वास्तवमा व्यवहारिक जीवनमा बुद्ध धर्मका बुद्धिष्टहरुले पढ्ने खालको छ ।”

यस्तै, लुम्बिनी कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले नेपाललाई विश्वसामु चिनाउन बौद्ध दर्शन र चिन्तनलाई ब्रान्डिङ गर्नुपर्नेमा जोड दिए । उनले बौद्ध दर्शनबाटबाट नैतिकवान मनुष्य बन्न आधारहरु प्राप्त हुने जिकिर समेत गरे ।

“नेपालले विस्तारै विश्वसामु आफूलाई चिनाउनकोलागि भारतबाट योगालाई ब्रान्डिड गरेजस्तै वास्तवमा नेपालको ब्रान्डिङ चाहिँ बौद्ध दर्शन र चिन्तन नै हुनुपर्छ ।”
त्रिपाठीले भगवान बुद्धको चिन्तनले राजनीतिक धारणा विकास नगरेको बताउँदै बौंद्ध राज निर्माणको अवधारणा पनि नल्याएको प्रष्ट समेत पारे ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545