पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध
गोरखा । लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका–१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो “माथिबाट पहिरो खसेर दुईतर्फ नै सडक अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो, “पहिरो पन्छाउन प्रयास भइरहेको भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको छ ।” पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिनुभयो ।
गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान रोकिएको खनालले बताउनुभयो । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम भइरहेको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्