Techie IT
आईतबार, वैशाख २१,२०८२

अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगायो


कपिलवस्तु । अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगाएको छ । जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पतीलाई आज बिहान बगाएको हो ।

बाणगंगा– ७ निवासी बीर बहादुर सुनार र लक्ष्मी सुनार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ ।

उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् । नदीमा बगेका दुवै जनाको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अविरल वर्षासँगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगायो, #बाढी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545