नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाण्डौं । यू २० साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अघिल्लो खेलमा भारतसँग आठ शुन्य गोल अन्तरले पराजित भएको नेपालले आज अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले अन्तिम लिग खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
लगातार दुई खेल जितेर उत्साहित बनेको नेपाल भारतसँग भारी गोल अन्तरले पराजित भएपछि धक्का लागेको थियो । अब नेपालको फाइनल पुग्ने सम्भावना अंकगणितमा त बाँकी नै छ, तर व्यवहारिक रुपमा कठीन छ ।
नेपालले आज बंगलादेशलाई पराजित गरेर मात्रै फाइनल यात्रा सम्भव हुँदैन । आजै हुने दोस्रो खेलमा माल्दिभ्सले भारतलाई हराएको वा अंक बाँडेको हुनु पर्नेछ । त्यसो नभए नेपालले बंगलादेशलाई ७–० गोलको नतिजामा पराजित गर्नुपर्नेछ ।
लगातार तीन जित निकालेको बंगलादेश नौ अंकसहित शीर्ष स्थानमा छ । समान खेलमा समान ६ अंक जोडेको भारत दोस्रो र गोल अन्तरका आधारमा नेपाल तेस्रो स्थानमा छ ।
प्रतियोगिताकै दाबेदार टोलीको रूपमा रहेको बंगलादेशमाथि जित निकाल्नु नेपालका लागि सहज भने छैन । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो भने दोस्रो खेलमा भारतलाईपनि पराजित गरेको थियो ।
५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपालले आज बंगलादेशको सामना गर्दै, #यू २० साफ च्याम्पियनसिप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्