Techie IT
सोमबार, वैशाख २२,२०८२

अन्डरग्राउण्ड पार्किङका सटर हटाउन मेयर बालेन्द्र शाहको निर्देशन


काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आज बिहानै बानेश्वर क्षेत्रको अवलोकनमा निस्किएका छन् ।

उनले यहाँको फुटपाथको अवस्थाबारे जानकारी लिएका छन् । केही दिनअघि साहले फुटपाथमा गरिएका व्यापार हटाउन लगाएका थिए । आज त्यसको प्रगतिबारे जानकारी लिएका हुन् ।

उनले नयाँ बानेश्वरका अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिएका छन् । मेयर साहले नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेल, घरधनी र व्यापारीहरूसहित अनुगमन गरेका थिए ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #बालेन्द्र साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545