पानी पर्ना साथ जलमग्न काठमाडौंका सडक : सर्वसाधारणलाई सास्ती, दुर्घटनाको जोखिम उत्तिकै
काठमाडौं । वर्षा सुरुभएपछि खोलानाला बढ्नु त सामान्य विषय हो । तर, देशको संघीय राजधानी काठमाडौं, जहाँ पानी पर्न साथ सडक नै खोलामा परिवर्तन हुन्छ । खोेला हो या सडक छुट्याउनै मुस्किल पर्ने गरि सडकमै पानी जम्मा हुन्छ ।
राजधानीमै सडक विस्तारको काम र व्यवस्थापनमा सरोकारवालाले चासो नदिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जम्ने गरेको हो ।
सडकमै पानी जम्ने गरेपछि पानीमाथि नै सवारीसाधन गुडाउन चालकहरु बाध्य छन् । त्यतिमात्रै होईन्, पानीमाथि गुड्ने गाडीले सडक छेउछाउँका पसलभित्र हिलो सहितको पानी पुग्ने गरेको उनीको गुनासो छ ।
पैदलयात्रीहरुले त झनै सास्ती भोग्नु परेको छ । सडकमै पानी जमेपछि मोटरसाईकल, स्कुटर जस्ता सवारीसाधनहरु चलाउनेको पीडा पनि छुट्टै छ । यसले दुर्घटनाको जोखिम पनि उत्तिकै निम्त्याएको छ ।
काठमाडौँमा यातायातको चापँ, सडक बिस्तारको काम र व्यवस्थापनमा समस्या दिन÷प्रतिदिन थपिँदै जाँदा आमनागरिकले अनेक सास्ती खेप्नुपरेको हो । यस्तो अवस्थामा काठमाडौँ उपत्यकाको विकासको गतिमा सुधार आउने विषय ज्यादै चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
देशको संघिय राजधानी काठमाडौंको महाराजगंज, नारायण गोपाल चोकहुँदै बसुन्धारा जाने बाटोमा हिड्ने पैदलयात्रीले भोग्नु परेको सास्ती हेर्दा लाग्छ, कुनै टिकटकस्टारहरुको समुहले अभिनय गरिरहेका छन् । तर यो यहाँका पैदलयात्रीले भोग्नु परेको वास्तविक समस्या हो ।
यसै गरी अर्को तिर हेर्दा बाटोमा गुडिरहेको सवारी साधनले सुुरक्षाकर्मीहरुलाई त्यही फोहोर पानी छयापीरहेको छ । तर यहाँ कसैले केही प्रतिकृया भने नदिएको देखिन्छ ।
यो दृश्य हेर्दा मानिसहरु रहरले हिडेको जस्तो देखिन्छ, तर यो राजधानीको पैदल यात्रीको वास्तविकता हो । यस्तो अवस्थामा पनि पैदल यात्री आफ्नो सुरक्षा गर्न जनावर जसरी हिड्दै गरेको देख्न सकिन्छ ।
यात्री र सवारी चालकहरुको घुँडासम्म पानी देख्न सक्छि । आफ्नो कममा हिडेका यात्रुहरुले जुत्ता र कम्मर भन्दा तल रहेका कपडाको सुरक्षा गरेको देखिन्छ ।
यो दृश्यमा देख्न सकिन्छ, वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदलयात्री सडका छेउँको रेलिङमा चढेर एक छेउँबाट अर्को छेउँ पुगेको देखिन्छ । पानी पर्दा पैदल यात्रुको घुँडासम्म पानी आउँछ । त्यस्तै घाम लाग्दा धुलो उडेर सासै फेर्न मुस्किलमात्रै पर्दैन अगाडिको सवारीसाधन र मानिससमेत देख्न मुस्किल पर्छ ।
सर्वसाधारण यात्रु हिलो र धुलोको मारमा छन् । यस्तो भद्रगोल अवस्थामा काठमाडौँमा सञ्चालित विकास निर्माणका योजनाको गति हेर्दा सम्पन्न हुन कठिन अवस्था, समस्यै समस्याको जालोमा जेलिएको र अत्यन्त सुस्त गतिको कामहरु भएको देखिन्छ । अहिले त्यसमाथि शहरका गल्ली, चोक र सार्वजनिक स्थिलहरुमा फोहोरको पहाडनै बन्न लागेको छ । लामोदेखि फोहोर उठ्न सकेको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पानी पर्ना साथ जलमग्न काठमाडौंका सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्