Techie IT
बुधबार, मंसीर ३,२०८३

खोलाले बगाउँदा उदयपुरमा एकजनाको मृत्यु


उदयपुर । उदयपुरमा खोलाले बगाएर एकजनाको ज्यान गएको छ ।

सोमबार बेलुका रौतामाई गाउँपालिका-७ स्थित त्रियुगा खोलाले बगाउँदा ५० वर्षीय सिद्धिराज चापागाई खत्रीको ज्यान गएको हो ।

बेलुका सात बजे मुर्कुचीबजारबाट तिलबारी घरतर्फ जानेक्रममा खोलाले बगाउँदा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए ।

उनको शव दुई किलोमिटर तल त्रियुगा नगरपालिका- ७ कौवाइमा फेला परेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #उदयपुरमा खोलाले बगाउँदा एकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्