Techie IT
बिहीबार, कात्तिक २७,२०८३

नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारीहरु ४ बुँदे माग राख्दै धर्नामा


काठमाडौं । स्वतन्त्र कर्मचारी यूनियनले नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारीहरु ४ बुँदे माग राख्दै धर्नामा बसेका छन् ।
दूरसञ्चार प्राधिकरणको कार्यलयमा उनीहरुले उचित कार्यकक्षाको व्यवस्था,श्रम ऐन पालना गर्नुपर्ने र यूनियनले यसअघि बुझाएका मागहरुको कार्यन्वय गर्नुपर्ने माग राख्दै धर्नामा बसेको आज ८ औं दिन भैसकेको छ ।

“काम गर्ने ठाँउ स्वस्थ्य हुनु प¥र्यो र कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था गरिदेऊ भन्ने हाम्रो माग हो ।”

कार्यालयमा प्रतिकुल वातावरणका कारण कर्मचारीहरुको खस्कदो स्वास्थ्य स्थितिलाई लिएर युनियनले पटक–पटक व्यवस्थापनको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको युनियनको गुनासो छ ।
युनियनको मागहरु:

१. श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने ।
२.यस यूनियनको तर्फबाट मिति २०७८÷०९÷०२ मा पेश भएका मागहरु पुरा हुनपर्ने।
३.कर्मचारीहरुलाई प्रदान गरिदै आएको ऋण सापटी सुविधालाई सीमासगँ तत्काल आद्र गरिनुपर्ने ।
४.आधारभूत मापदण्ड समेत पुरा नभएको स्थान ÷ कार्यालयमा प्राधिकरणलाई(प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाँचघरमा स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी समिति उपर कारवाही हुनुपर्ने ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारीहरु ४ बुँदे माग राख्दै धर्नामा


तपाईको कमेन्ट लेख्नुहोस्