विकास-निर्माणमा जनसमुदाय महत्वपूर्ण हात रहन्छ : अध्यक्ष श्रेष्ठ
ललितपुर महानगरपालिका ०५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले विकास-निर्माणमा जनसमुदायको महत्वपूर्ण हात रहने बताएका छन् । उनले शनिबार महालक्ष्मीस्थानमा सम्पन्न श्री महालक्ष्मी टोल बिकास संस्थाको साधारणसभा माझ बोल्दै उक्त धारणा राखेका हुन ।
कार्यक्रम माझ बोल्ने क्रममा उनले भने ‘जनप्रतिनिधी भनेका विकास-निर्माणका सारथी हुन, यस कामलाई योजनाबद्ध र सफलतापुर्बक सम्पन्न गर्न जनसमुदायको ठुलो हात रहन्छ ।
‘ बिकासमुलक काममा टोल बिकास संस्थाको भूमिका उत्तिकै महत्वपूर्ण रहने उनको जिकिर थियो । कार्यक्रममा श्री महालक्ष्मी टोल बिकास संस्थाका अध्यक्ष रमेश शाक्यले टोलबासी सबैको रचनात्मक सहयोगबाट नै टोलको बिकासले द्रुततर गति लिन सक्ने अौल्याएका थिए । उक्त साधारणसभामा वडा सदस्यद्वय पुनम निरौला, मैया रिजाल लगायतले बोलेका थिए । सोही अवसर माझ वडा अध्यक्ष श्रेष्ठले संस्थाका पदाधिकारी एबम सदस्यहरुलाई सम्मान गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #जनसमुदाय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्