रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बृद्धि
रसुवा । हिमाली जिल्ला रसुवामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ ।
नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो ।
जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
परिचयपत्रको कार्ड भने एक सय ५९ लाई मात्र वितरण भएको कार्यालयको भनाइ छ । विवरण भरिसकेका अधिकांश नागरिकको ‘कार्ड’ भने राष्ट्रिय परिचयपत्र विभागबाट प्राप्त गर्न बाँकी रहेको बताइएको छ । कम्प्युटर अभिलेखमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक भएका कारण सेवा प्रवाह चुस्त भएको हो ।
त्यस्तै जिल्लामा राहदानी लिनेको सङ्ख्या पनि बर्सेनि बढ्न थालेको छ । गत आर्थिक वर्षमा एक हजार सात सय ६८ जनाले राहदानी लिएका थिए ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विगत वर्षमा राहदानी लिनेको सङ्ख्या पाँच सय ५३ रहेका थिए । कार्य सम्पादनको क्रममा ‘इन्टरनेट सिस्टम’ एवं विद्युत् सेवा अधिकांश समय अवरुद्ध भइरहने समस्याका कारण हिमाली क्षेत्र, भौगोलिक विकटतालाई मध्यनजर राख्दै अतिरिक्त समय सेवा प्रवाह गरिएको उनले बताए ।
कार्यालयको अतिरिक्त समयमा समेत काम सम्पादन हुँदा सेवाग्राही खुशी छन् । जिल्लामा हालसम्म ४२ हजार चार सय ५९ लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान भएको जनाइएको छ ।
जिल्लामा पछिल्लो समय वार्षिक सरदर दुई हजार स्थानीय बासिन्दाले नागरिकता लिने गरेको अभिलेखले देखाएको छ । गत वर्ष वैवाहिक अङ्गीकृत एकजना समेत कूल दुई हजार ५४ नागरिकता प्राप्त गरेका थिए ।
जिल्लाभित्र पर्नसक्ने विपद्को उद्धार एवं राहतका पूर्वतयारी गरिएको र निर्माणाधीन विद्युत् आयोजनामा वार्ताको माध्यमबाट आइपर्ने समस्या समाधानमा सहजीकरण गर्दै आएको प्रजिअ जैसीले जानकारी दिए । –रासस
क्याटेगोरी : समाचार
ट्याग : #रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै, #राष्ट्रिय परिचयपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्