Techie IT
बुधबार, मंसीर ३,२०८३

सुनको मुल्यमा गिरावट


काठमाण्डौं । सुनको मुल्यमा गिरावट आएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुनको मुल्यमा गिरावट


तपाईको कमेन्ट लेख्नुहोस्