वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु : श्रम मन्त्री कुँवर
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताउनुभएको छ ।
निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरू’ विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाई सम्बोधन गरिने जानकारी दिनुभयो । “वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उहाँले भन्नुभयो ।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुई पक्षीय समझदारी एकदमै महत्त्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताउनुभयो । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताउनुभयो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दङ्गाल खनालले निगरानी दैनिकले स्वच्छ, निर्भिक र निष्पक्ष तवरले पत्रकारिता गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोहीअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर कुँवर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्