काठमाडाैं । थाहाकर्मी माधव दुलाल ‘नागरिक सम्मान २०७९’ द्वारा सम्मानित भएका छन्। डिजिटल आइसिटी मिडियाको आठौँ बार्षिक उत्सवको अवसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले थाहाकर्मी दुलाललाई सम्मान पत्र प्रदान गरेका हुन्।
काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा रिसालले दुलालसहित समाजमा योगदान पुर्याउने फरक विधाका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका हुन्। सर्वश्रेष्ठ नागरिक सम्मानद्वारा ब्रह्मत्ताचार्य अर्जुन विरक्ति तोत्रीय, मोहन बस्नेत, कविता शर्मालगायत सम्मानित भएका हुन्।
कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले अब पेरुङ्गोमा धान उत्पादन गर्नुपर्ने अवस्था आउन लागेको बताए। आन्तरिक उत्पादनले धान्न सक्ने अवस्था कम हुँदै गएको भन्दै रिसालले अब सुँघेर र सुनेर पेट भर्नुपर्ने वेला आउन लागेको उल्लेख गरे।
उनले विश्वको जनसंख्या ८ अर्ब पुग्न लागेका वेला नेपालमा आफ्नो उत्पादन घट्दै जानु चिन्ताको बिषय भएको बताए।






तपाईको कमेन्ट लेख्नुहोस्