माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बस्ने भनिएको स्थायी समिति बैठक संसद् बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा पदाधिकारी चयन र पोलिटब्युरो बारे छलफल हुने बताइएको थियो ।
यसैगरी बैठकमा नेता जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीमा पठाउने/नपठाउने विषयमा समेत छलफल हुने बताइएको थियो ।
स्थायी समिति बैठक स्थगित भएपनि पार्टीले नेता शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेपछि आजै अर्थमन्त्रीमा शर्माले शपथ लिने कार्यक्रम समेत रहेको छ ।
आज स्थगित भएको स्थायी समितिको अर्को बैठकको मिति भने तोकिएको छैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #ओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्