पत्रकारको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न युनियनको आग्रह
काठमाडौँ । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई आग्रह गर्दै हालेको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको पहिलो औपचारिक बैठकले पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुर्नवहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण गर्ने निर्णय समेत गरेको छ ।
लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट लम्सालको अध्यक्षतामा १ सय १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको थियो ।
युनियनका महासचिव दिलीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा युनियनले प्रेस तथा अभिव्यक्तिसहित सञ्चार स्वतन्त्रता सुनिश्चित गर्न, आम सञ्चार छाता ऐन निर्माण गर्न, संसद्मा पेश भएको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकार समक्ष आग्रह गर्ने पनि उल्लेख गरिएको छ ।
श्रमजीवी ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराइएको, नागरिक अधिकारको सुरक्षा, लोकतन्त्रलाई सबल, सुदृढ बनाउन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सञ्चार माध्यम र सञ्चारकर्मीलाई परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै संसारभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएका आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्