Techie IT
सोमबार, वैशाख २२,२०८२

आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौँ । देशभर आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ६ सय ५१ नमूनाको पिसिआर परीक्षण गर्दा  ४ सय ९६ र ३ हजार १ सय ९५ नमूनाको एन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित २ सय ९७ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ ।

आज २५ हजार ४ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #आज थप ६ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, #कोरोना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545