नेकपा एकीकृत समाजवादीका बहुमत नेता एमालेसँग मिल्न ‘राजी’
काठमाडौं, १५ साउन। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका बहुमत नेता विभाजन गरेको एमालेसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन्।
अध्यक्ष नेपालबाहेक बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपानेलगायतले तत्काल एकीकरण नगरे पनि एमालेसँग मिलेर बामपन्थी मोर्चा बनाउनुपर्नेमा जोड दिन थालेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाउन सकिने र नेपाली कांग्रेससँग गठबन्धन गरेरै आगामी निर्वाचनमा जानुपर्ने बताइरहेका बेला एकीकृत समाजवादी त्यसमा राजी देखिएको छैन।
बामपन्थी मोर्चा बनाउनुपर्ने र त्यो एमालेबाहेकको हुन नसक्ने एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले बताएका थिए। एक जना नेता भन्छन्,‘हाम्रो बिमति एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति थियो। तर एमालेबाहेकको मोर्चा बनाएर दक्षिणपन्थी शक्तिलाई सहयोग गर्ने होइन।’
अध्यक्ष माधवकुमार नेपाल एमाले पराजित गराउने अभियानमा लागे पनि पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसले हेपेका कारण पनि बहुमत नेताले फरक विचार राख्न थालेका छन्। उनीहरूले कतिपय बैठकमा नै एमालेसँग मिलेर जानुपर्ने राजीखुसी अभिव्यक्त गर्न थालेका हुन्।
‘हामीले प्रवित्तिको विरोधमा समाजवादी रोजेका थियौं। यसको अर्थ एमाले निर्माणमा हाम्रो योगदान विर्सने र कांग्रेस–माओवादीको हेपाहा व्यवाहार सहने थिएन’, उच्च स्रोतले भन्यो।
बामपन्थीको मात्र समाजवादी केन्द्र नबनेको खण्डमा बामपन्थी मोर्चा बनाएर आगामी चुनावमा एमालेकै नेतृत्वमा मैदानमा जान सकिने प्रस्ताव पनि अगाडि बढाइएको छ। एमालेलाई फकाउनका निम्ति भिम रावल, घनश्याम भुसाललगायतसँग पनि निरन्तर संवाद भइरहेको समाजवादीका नेता बताउँछन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्