Techie IT
शनिबार, भदौ १३,२०८३

माओवादी केन्द्रको पदाधिकारी चयनको लफडा


काठमाडौं। नेकपा माओवादी केन्द्रको आइतबार हुने स्थायी समिति बैठकले पदाधिकारीको विषयबारे एजेन्डा तय गरेको छ। योसँगै पोलिटब्युरो समितिका विषयमा पनि चर्चा गर्नेगरी स्थायी समिति बैठक बस्न थालेको बताइएको छ।

माओवादीमा अध्यक्ष बाहेकका पदाधिकारी तय गरिएको छैन। उक्त विषयमा लफडा रहेका कारणले नै टुंग्याउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

तर प्रचण्डले पनि पदाधिकारीको विषयलाई पेचिलो देखेका कारण केही निर्णय या प्रस्ताव पेस गर्न सकेका छैनन्। खासगरी माओवादीमा महासचिव पदको विषय निक्कै पेचिलो छ। उक्त पदका लागि जनार्दन शर्मा, बर्षमान पुनः, देव गुरुङ, पम्फा भुसालसम्म इच्छुक छन्।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्