Techie IT
शनिबार, असार ७,२०८२

साफ यू-२० च्याम्पियनसिप : नेपाल र भारत खेल्दै


काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्दैछ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका सवा सात बजे सुरु हुनेछ। भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन।

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो। यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो। नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ।

भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ। भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेपालले आज भारतसँग खेल्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:07 am7:03 pm +0545