गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम
गोरखा – गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम हुने गरेको छ ।
ठेक्का दिँदा होस् वा कुनै पनि सामान खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक खरिद ऐन बमोजिम गर्नुपर्छ । तर, अजिरकोट गाउँपालिकामा पालिकाका कर्मचारी, जनप्रतिनिधि र व्यवसायीहरू मिलेर सार्वजनिक खरिद ऐन विपरित सेटिङमा काम गर्ने गरेको पाईएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेख भएअनुसार कुनै पनि सरकारी निकायले प्रतिस्पर्धा गरेर मात्रै सामान खरिद गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले प्रचलित ऐन मिचेर सामान खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले औंल्याएको छ ।
पालिकाले आर्थिक बर्ष २०७८/०७९ मा पूँजीगत तथा चालु किसिमका वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले बजेट किताब छपाइ, योजना किताब छपाई, पशु तथा कृषि औषधि खरिद गर्दा विभिन्न चार व्यवसायीलाई कानुन मिचेर खरिद गर्न दिएको भन्दै र दिएको भुक्तानी रकम १६ लाख ८८ हजार सात सय ४८ रुपैयाँ बेरुजु देखाएको छ
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #अजिरकोट गाउँपालिका, #गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्