कुलमान घिसिङ ओशो तपोवनमा नाच्दै
काठमाडौँ । विद्युत उत्पादन, खपत र बजार व्यवस्थापनमा निकै व्यस्त नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौँस्थित ओशो तपोवन पुगेका छन्।
राजनीतिक नेताहरू स्वामी आनन्द अरुणले सञ्चालन गरेको तपोवन आश्रम पुगेर ध्यान गर्ने क्रम बढेसँगै घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार त्यहाँ देखिएका हुन्।
आनन्द अरुणले आफ्नो टिकटकमा गेरुवस्त्र लगाएर आफूसँगै नाचिरहेका घिसिङको भिडिओ सार्वजनिक गरेका छन्। भिडिओमा कार्यकारी निर्देशक घिसिङसहित प्राधिकरणका उच्च अधिकारीहरू पनि नाचिरहेका देखिन्छन्।
बिहीबार मात्रै मधेसका नेता सीके राउतले तपोवनमै सन्यास धारण गरेको भिडिओ र फोटो सार्वजनिक भएको थियो। मधेसलाई छुट्टै देश बनाउने अभियान सञ्चालन गरेपछि जेल परेका राउत अहिले मधेसमा छुट्टै पार्टी चलाएर राजनीतिमा सक्रिय छन्।
त्यस्तै बिहीबार नै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि स्वामी अरुण र उनको टोलीसँग तपोवनमा नाच्दै गरेको भिडिओ सार्वजनिक भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कुलमान घिसिङ, #कुलमान घिसिङ ओशो तपोवनमा नाच्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्