तारकेश्वरको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा घिमिरे , २ बर्ष पुरा गरेका लम्साललाई नमोबुद्द नगरपालिकाको जिम्मेवारी
काठमाडौँ — सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।
उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।
यस्तै तारकेश्वर नगरपालिकाका अनुभवी प्रशासकका रुपमा कहलीयका शिव प्रसाद लम्साल काभ्रेको नमबुद्ध नगरपालिकामा सरुवा हुनुभएको छ भने नयाँ प्रशासकीय अधिकृतका रुपमा नेत्र प्रसाद घिमिरेले जिम्मेवारी सम्हाल्नुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य मन्त्रालयबाट सरुवा भई आउनुभएका घिमिरे तथा बिदाभई जानु भएका लम्साललाई शुक्राबार तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन , उपमेयर श्रृजना बुर्लाकोटी , कर्मचारी , जनप्रतीनिधिहरुको उपस्थीतीमा स्वागत तथा बिधाई कार्यक्रम गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्