चोरीको मोटरसाईकल तथा लागू औषधसहित दुई जना पक्राउ
चितवन । चोरी भएको मोटरसाईकल तथा लागू औषधसहित दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका ११ बस्ने २२ बर्षीया सुमन गुरुङ र २१ बर्षीया विबेक थापा रहेका छन् ।
उनीहरुले कञ्चनपुर बेलौरी नगरपालिका २ घर भई हाल भरतपुर महानगरपालिका ५ बस्ने प्रशान्त बुढाथोकीले घरको कम्पाउन्डमा पार्किङ गरी राखिएको प्रदेश ०३-०२८ प ४९३८ नंम्बरको केटिएम ड्युक मोटरसाईकल चोरी गरेका थिए ।
घर अगाडि कम्पाउन्डबाटै मोटरसाइकल चोरी भएपछि बुढाथोकीले जिल्ला प्रहरी कार्यालयमा निवेदन बैशाख २६ गते निवेदन दिएपछि प्रहरीले नम्बर परिवर्तन गरी प्रदेश ३-००३ प ५८९० को प्लेट लगाई चलाएको अवस्थामा भरतपुर २ स्थित सडकबाट उनीहरुलाई मोटरसाइकल र लागूऔषध सहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका मध्य विबेक थापाको साथबाट प्रहरीले लागुऔषध फेनारगन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल गरी जम्मा १५ एम्पुल समेत फेला पारेको छ ।
उनीहरु विरुद्ध प्रहरीले लागूऔषध तथा चोरी मुद्दामा आज (शुक्रबार) सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्