Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै हुनुहुन्छ ।
यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गर्नुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रधानमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545