स्वावलम्बन जीवनपद्धति केन्द्र लाई पोखरा महानगरले दियो गाडी
कास्की । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वावलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई गाडी हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको जीवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार हरेक नागरिकहरूको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडीको सदुपयोगतामा जोड दिनुभयो ।
स्वावलम्बन जीवनपद्धति केन्द्र (पोखरा ) का अध्यक्ष हेम गुरुङले अति र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पूर्ण सदुपयोग गर्ने बताउनुभयो ।
उहाँका अनुसार गाडीको पछाडिपट्टि लिफ्ट समेत जडान गरि अति र पूर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । लिफ्ट जडानका लागि गाडी भारत पठाइने छ भने त्यसका लागत खर्च सम्बन्धित संस्थाले ब्यहोर्ने बताइएको छ ।
महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पोखरा महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्