अछाममा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना

अछाम । अछाम जिल्लामा एसइई परीक्षा २०७८ को नतिजामा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना रहेका छन् ।
बिहीबार प्रकाशित नतिजा अनुसार जिल्लामा २ देखि २.४ जीपीएमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै रहेको छ ।
शिक्षा मन्त्रालयले १.२ देखि ४ जिपिएसम्म गरेको स्तरीकृत अङ्क अनुरुप २.४ जिपिएमा १८५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइई परीक्षा २०७८ मा अछाम जिल्लाबाट परीक्षामा सम्मिलित ४ हजार ७ सय ५६ विद्यार्थी मध्ये ४ जिपिएमा ४ जना, ३.६ जिपिएमा ३२ जना, ३.२ जिपिएमा १५५ जना, २.८ जिपिएमा ७ सय११ जना, २.४ जिपिएमा १ हजार ८ सय ५५ जना उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई अछामका निमित्त प्रमुख मदन विष्टले बताउनुभयो ।
त्यसैगरी २ जिपिएमा १ हजार ४ सय ६८ जना, १.६ जिपिएमा ३२१ जना र १.२ जिपिएमा १४ जना रहेका उहाँले बताउनुभयो ।
जिल्लाका ४ हजार ७ सय ५६ विद्यार्थी मध्ये १ सय ९६ जना अनुपस्थित रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाम, #अछाममा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्