कैलाली भन्सार कार्यालयभित्र बाँदर आतङ्क !
सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिनुभयो ।
भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उहाँ नाक र मुख छोपेर हिँड्न बाध्य हुनुभएको हो ।
उहाँले भन्नुभयो, “बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको छ ।”
भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ । भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरण्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुयाइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।
कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठाकोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै हुनुहुन्थ्यो । नाम भन्न नचाहेका उहाँले भन्नुभयो, “राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याका बीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लाग्यो ।”
कार्यालयको मुख्य ढोकाको छेउमा रहेको ‘हेल्प डेस्क’मा बसेका भन्सारका एक कर्मचारीले भन्नुभयो, “हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्यो ।”
भन्सार छलेर चोरीपैठारीको अभियोगमा प्रहरीले झण्डै तीन/चार बोरा परिमाणको उक्त खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।
लिलाम गर्नुपर्ने उक्त खाद्य सामग्री कार्यालयको बरण्डामा थन्क्याइँदाभित्र पसेका बाँदरले खाएर नोक्सान पुयाएका हुन् । उक्त खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भन्सार कार्यालयभित्र बाँदर आतङ्क !
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्