विषालु सर्पको टोकाइबाट सल्यानमा एक बालकको मृत्यु
काठमाडौँ । विषालु सर्पको टोकाइबाट सल्यानमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका–९ भंगेरी घर भई शारदा नगरपालिका ६ बरला बस्दै आएका लालबहादुर बस्नेतका छोरा १३ वर्षीय अर्जुन बस्नेतको मृत्यु भएको हो ।
आफ्नै घरको तल्लो तलामा आमाबुबासँगै सुतेको बेला बुधबार राति बस्नेतलाई सर्पले टोकेको थियो । घरेलु उपचारपछि जिल्ला अस्पताल सल्यानमा उपचार गर्ने क्रममा बिहीबार बिहान साढे ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #विषालु सर्पको टोकाइबाट सल्यानमा एक बालकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्