परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सदस्यहरुले नेपालले आफ्नो परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्ने बताउनुभएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरु ईश्वर पोखरेल, भीम रावल, सुरेन्द्र कुमार कार्की लगायतले अर्थ र परराष्ट्र नीतिमा नेपाल प्रष्ट नभएका कारण विभिन्न समस्याहरू र उल्झनहरू आउने गरेको धारणा राख्नुभएको थियो ।
उहाँहरूले अझै पनि अपमान र असमान सन्धिमा नेपालीहरू झेलिएको भन्दै नेपालको परराष्ट्र नीतिमा सुधार र मौलिक नीतिमा परिवर्तन नल्याएसम्म नेपाल र नेपालीहरूले सधैँ दुख पाउने धारणा राख्नुभएको थियो ।
बैठकले भूतपूर्व सिंगापुर गोरखाहरूको मुद्दाका सम्बन्धमा परराष्ट्रमन्त्री र सम्बन्धित सरोकारवालालाई बोलाएर छलफल गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय समिति, #परराष्ट्र नीतिलाई प्रष्ट बनाउनुपर्नेमा जोड, #प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्