महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको संघर्षका कार्यक्रम अन्तर्गत महँगीविरुद्ध थाल ठटाउँदै प्रदर्शन गरेको छ । दोस्रो चरणको पहिलो कार्यक्रमअन्तर्गत राप्रपाले बुधवार काठमाडौँको भृकुटीमण्डपका साथै सबै जिल्लाका सदरमुकाममा महँगीविरुद्ध ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गरेको हो । काठमाडौँको भृकुटीमण्डपमा राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले प्रदर्शन गरेका थिए ।
दैनिक उपभोग्य बस्तु महँगो भएर जनजीवन नै प्रभावित भएको भन्दै जनतालाई ब्युँझाउन र शासकलाई गम्भीर बन्न आवाज सुनाउने गरी थाल ठटाउँदै प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।
यसअघि राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले साउन महिनाभित्र राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । महँगी नियन्त्रण गर्न नसकेको, बजेट हेरफेर गरेको लगायतका विषयमा राप्रपाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्