Techie IT
सोमबार, वैशाख २२,२०८२

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ


 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको आज अपराह्न बसेको बैठकको निर्णयअनुसार ​​​​​​​गत वैशाखमा सञ्चालन भएको एसइई परीक्षाको गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउने ९ हजार ६३३ जना रहेको परीक्षा बोर्डले जनाएको छ।।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

त्यस्तै, विभिन्न वेबसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ।

नतिजा हेर्नका लागि  www.see.gov.np , www.neb.gov.np,  www.see.ntc.net.np  लगायत अन्य वेबसाइटमा जान सकिने बोर्डले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एसईईको नतिजा सार्वजनिक, #राष्ट्रिय परीक्षा बोर्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545