एक वर्षको अवधिमा मधेश प्रदेशबाट श्रोत नखुलेको करिब दुई करोड रकम बरामद
जनकपुरधाम । नेपाल प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट एक वर्षको अवधिमा स्रोत नखुलेको १ करोड ९२ लाख ६५ हजार ३ सय २० रुपैयाँ बरामद गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेशको विभिन्न जिल्लाको विभिन्न स्थानबाट श्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।
एक वर्षमा विभिन्न १४ वटा घटनाबाट उक्त स्रोत नखुलेको रकम बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
अवैध वित्तीय कारोबार तथा स्रोत नखुलेको रकम ओसारपसारमा संलग्न ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका मध्ये आरोप ठहर भएका १७ जनामाथि मुद्दा चलाइएको बरामद रकम विभिन्न भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जानकारी दिएको छ । ।
नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी वा अन्य निकायले बरामद गरेको अवैध रकम भने यसमा समावेश गरिएको छैन ।
प्रहरी उपरीक्षक काकीले उनीहरूले आफ्नै प्रतिवेदन तयारी गर्ने गरेकाले यसमा समावेश नगरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #दुई करोड रकम बरामद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्