बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको लालझाडीकी पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका वडा नम्बर २ कसुवाका ५५ वर्षीय रामदत्त रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
केही दिनअघि बालिका बस्ने घरमा पाहुनाको रूपमा आएका रानाले घरमा कोही नभएको बेला सोमबार मध्यान्ह ती बालिकालाई निर्वस्त्र पारी जबरजस्तीकरणी गर्ने प्रयास गरेको र बालिकाकी आमा घरमा पुग्दा राना त्यहाँबाट फरार भई कसुवा गएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ, #पक्राउ, #पाँच वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्