सरकारले गरेका गलत गतिविधिको खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने
काठमाडौं । सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले बिरोधसभा गर्ने भएको छ । नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताउनुभयो ।
काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता हुने उहाँले बताउनुभयो । महासंघका सह ईन्चार्ज रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा बजेट निमार्णमा सरकारले बाहिरका व्यक्तिलाई समावेश गर्नु, नागरिकता विधेयकमा भएको मनमरीको बिरोध गरिने बताईएको छ । कार्यक्रममा सह ईन्चार्ज रमेश पौडेलले वर्तमान सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको बताउनुभयो ।
नेपाल खेलकुद महासंघको विशेष बैठक उपलब्ध स्थायी कमिटी सदस्य,सचिवालय सदस्य,आयोगका पदाधिकारीहरु, खेल संघका प्रमुखहरु, उपत्यका विशेष प्रदेश एवं बागमती प्रदेशका पदाधिकारीहरु,काठमाडौं,भक्तपुर,ललितपुरका अध्यक्ष लगायत उपस्थितिमा रहेको थियो ।
महासंघले सरकारले गरेको मूल्यवृद्धि,राष्ट्रघात,अनयमितता लगायत सम्पूर्ण गलत क्रियाकलाप विरुद्धको विरोध कार्यक्रममा महासंघको भुमिका एवं वृहत उपस्थिति ,महासंघका सांगठनिक कामलाई थप गतिशील बनाउदै लग्ने साथै नेकोसका सम्पूर्ण तह तप्काका कमिटीहरुलाई थप चलायमान बनाउदै लग्ने लगायत विषय वस्तुमा छ्लफल भएको थियो ।

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #खेलकुद महासंघले विरोधसभा गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्