बझाङमा ७७ वर्षीया वृद्धा चार दिनदेखि बेपत्ता
काठमाडौँ । बझाङमा एक वृद्धा चार दिनदेखि बेपत्ता भएकी छिन् । खप्तड राष्टिय निकुञ्जभित्र पर्ने लामपुच्छ्रे ठाउँबाट छोरीसँग भेट गरी घर फर्किने क्रममा उनी बेपत्ता भएकी हुन् ।
बेपत्ता हुनेमा जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ बस्ने अन्दाजी ७७ वर्षीया गंगादेवी जोशी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।
बेपत्ता भएकी वृद्धाको स्थानीयसँग मिलेर निरन्तर खोजी कार्य भइरहेको उनको भनाइ छ । जंगलको बाटो भएर घर फर्किने क्रममा बाटो बिराएर जंगलभित्र नै हराएको हुन सक्ने स्थानीयको आशंका रहेको छ ।
लामो समयसम्म बेपत्ता भएपछि उनका आफन्त हर्कराज जोशीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर खोजी गरिदिन आग्रह गरेका छन् । साउन ८ गते बिहान १० बजेतिर छोरीलाई भेटेर आफ्नो भैँसीखर्क रहेको स्थान बलेमेला भन्ने ठाउँमा फर्कने क्रममा उनी बेपत्ता भएको जोशीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बझाङमा एक वृद्धा चार दिनदेखि बेपत्ता, #बेपत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्