कल सेन्टरका दुई सञ्चालकलाई ठगी मुद्दा दर्ता
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले ठगी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तीन वटा तल्ला भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैङ्क लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लील सामग्रीहरु समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले त्यहाँ काम गर्ने ११५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २१३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनुभयो ।
कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ का ४० वर्षीय हिमाल बाठामगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार) लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । साथै कम्प्युटर लगायत अन्य उपकरणहरू बरामद गरी थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बरामद भएका उपकरणका बारेमा यथेष्ट जानकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल मगाएको छ ।
बरामद गरिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्न सीआईबीको टोलीलाई बुटवल बोलाइएको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #२१३ जनालाई निगरानीमा, #कल सेन्टरका दुई सञ्चालकलाई ठगी मुद्दा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्