नेकपा एमालेद्वारा ‘पाँचहजार दिने पाँचहजार सदस्य’ अभियान शुरू
काठमाडौं । नेकपा (एमाले) ले पार्टीमाथि सदस्यहरूको स्वामित्व अझ बलियो बनाउन र स्रोत सङ्कलनलाई निरन्तरता दिन अगाडि सारेको ‘पाँचहजार दिने पाँच हजार सदस्य’ राष्ट्रिय अभियान शुरू भएको छ ।
साउन १ गते देखि लागू यस अभियानको शुभारम्भ पार्टी कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको छ ।
पार्टी सदस्यहरूको मात्र सहभागिता रहने यस अभियानको शुभारम्भका अवसरमा महासचिव पोखरेलले पार्टीलाई सदस्यहरूको आर्थिक सहयोगमा आधारित र आत्मनिर्भर बनाउन यो अवधारणा ल्याइएको वताउनुभयो ।
अभियानको शुभारम्भ सहकारी क्षेत्रमा संलग्न ५० जना पार्टी सदस्यको सहभागिताबाट भएको छ ।
कार्यक्रममा पार्टीका उपमहासचिव तथा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख विष्णु रिमालले अभियानका बारेमा विस्तृत रूपमा वताउनुभएको थियो ।
यो अभियानमा सहभागी हुन चाहनेहरूले मोवाइल बैंकिङ तथा इ–सेवाबाट क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सक्नुहुनेछ ।
यस अभियानमा संलग्न हुन चाहनेहरूको पार्टीमा प्रत्येक महिना पाँचहजार रुपियाँ योगदान रहनेछ । यो यस केन्द्रीय कमिटीको सिङ्गो अवधि (करिब पाँचबर्ष) सम्म रहने छ ।
यो अभियान रकम सङ्कलन मात्र नभई पार्टीलाई सदस्य–आधारित बनाउन योगदान गर्ने सदस्य तथा शुभेच्छुकको समर्पणको पनि योगदान भएकाले ‘हरेक महिना पाँच हजार– पाँच बर्षसम्म’को नीति लिइएको छ ।
अभियानमा कसरी संलग्न हुने ?
यस अभियानमा सहभागी हुन इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकहरूले अनलाइनमार्फत भुक्तानी गर्नुहुनेछ । यो काम झण्झटमुक्त होस् भनेर फोन–पे वा मोबाइल बैङ्किङ सेवा लिनुहुनेहरुले सिधै आफ्नो मोवाइलबाट भुक्तानी गर्न सक्नुहुनेछ । यसका लागि पार्टीको वेबसाइट वा एमाले एप – CPN(UML) एपमा QR Scan उपलब्ध छ ।
अनलाइनमार्फत पार्टीको खातामा रकम जम्मा हुनासाथ पार्टी अध्यक्षको धन्यवाद सन्देश मोवाइलमा आउने छ । यसपछि यस अभियानमा संलग्न भएको पुष्टि हुनेछ ।
मोबाइल बैङ्किङ नहुनेहरूले पार्टीको खातामा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ । यद्यपि पारदर्शिताको लागि सबैलाई अनलाइन भुक्तानीमा जान पार्टीले जोड दिन्छ । यस प्रयोजनको लागि तोकिएको खाता नम्बर पनि पार्टीको वेब साईट र मोबाइल एप तथा सोसल मिडियामा राखिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्