नागरिकताको समस्या समाधान गर्नका लागि बढी चिन्तित पार्टी एमाले हो: नेता रिजाल
काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले नागरिकता समस्या समाधान गर्नका लागि सबैभन्दा बढी चिन्तित भएको पार्टी एमाले रहेको दाबी गर्नुभएको छ ।
२०५१ सालमा एमालेले नागरिकता समस्या समाधानसम्बन्धी आयोग नै बनाएर काम गरेको स्मरण गराउँदै नेता रिजालले नेपालको नागरिकता कुनै पनि गलत एकजना व्यक्तिले गलत ढंगले नलियोस भन्ने कुरामा सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
आफूहरु सरकारमा हुँदा या नहुँदा पनि नागरिकताको समस्यालाई कहिल्यै राजनीति नगरेको नेता रिजालले स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भन्नुभयो, ‘नेपाल जनसांखिक हिसावले दुई ठुला मुलुकहको बिचमा छ, भुराजनीतिक ढंगले संवेदनशील अवस्थामा छ, अरु देशको सानो जनसंख्याको ‘तलवितल’ले पनि नेपालको जनसंख्यामा ठुलो उथलपुथल हुन्छ यसकारण कुनै गलत व्यक्ति एकजनाले पनि नागरिकता प्राप्त नगरोस भनेर हामीेले समेत सचेतता अपनाउनुपर्छ ।’
नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको हिजोको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत गरेको हो ।
नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले विधेयकका कतिपय प्रावधानप्रति विभिन्न प्रश्न र आशंका प्रकट गरेका छन् भने एमालेले प्राप्त गर्ने समयसीमा हटाइएकोप्रति आपत्ती जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विष्णु रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्