Techie IT
मंगलबार, वैशाख २३,२०८२

केपी ओली गृहजिल्ला झापा जाँदै


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा जाँदैछन् ।

स्थानीय तहको निर्वाचनपछि अध्यक्ष ओली गृहजिल्ला झापा र आफ्नो निर्वाचन क्षेत्रमा जान लागेका हुन् ।

उनी आज विहान १० बजे भद्रपुरका लागि उड्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली वुधवार झापा जानेछन् भने १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै, एमाले झापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का नेता कार्यकर्ता तथा बिभिन्न क्षेत्रका अगुवाहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली वुधबार विहान भद्रपुर ल्याण्ड भएर बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि उनले पार्टीका जनवर्गीय संगठनका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गर्नेछन् । बुधवार अध्यक्ष ओली बिर्तामोडमै बस्नुहुनेछ ।

त्यसैगरी, साउन १२ गते बिहीबार ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जाने कार्यक्रम छ ।

त्यहाँ क्षेत्रभरका कार्यकर्ताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । बिहीबार विहान अध्यक्ष ओलीले ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यस्तै, बिहीबार नै गौरदह नगर कमिटिका पदाधिकारी उनले भेट गर्दैछन् भने १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथिका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी सबै भेटघाट होटल दमकस्थित कामाक्षमा आयोजना गरिएको छ ।

त्यस्तै, क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भेलामा वडा अध्यक्षदेखि माथिल्लो तहका जनप्रतिनिधि, जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथिका कार्यकर्ताहरु सहभागी हुनेछन् । कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा तय गरिएको बताइएको छ ।

बिहीबार नै अपरान्ह साढे ४ बजे अध्यक्ष ओलीले कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट गर्नेछन् । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग र ६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको छ ।

त्यस्तै, साउन १३ गते ९ बजे पार्टी निकट व्यावसायीसँग भेटघाट, १० बजे अनेमसंघका नेता कार्यकर्तासँग भेटघाट तय गरिएको छ भने ११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।

त्यस्तै, अन्य विभिन्न भेटघाट तथा कार्यक्रममा सहभागी भई अध्यक्ष ओली साउन १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको ओलीको सचिवायले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545