Techie IT
सोमबार, वैशाख २२,२०८२

फिलिपिन्समा शक्तिशाली भूकम्प


फिलिपिन्सको उत्तरी क्षेत्रमा अवस्थित लुजोन टापुमा आज बिहान शक्तिशाली ७.१ म्यानिट्यूडको भूकम्प गएको छ ।

भूकम्पको कारण एउटा अस्पताल र भवनहरुमा क्षति पुगेको छ भने राजधानी मनिलासम्म भूकम्पका धक्का महसुस भएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु फिलिपिनी शहर डोलोरेसभन्दा ११ किलोमिटर दक्षिणपूर्वतर्फ रहेको छ भने गहिराई १० किलोमिटर रहेको छ ।

भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको समाचार आएको छैन। भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सर्तक रहन भने आग्रह गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #फिलिपिन्स शक्तिशाली भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545