Techie IT
सोमबार, वैशाख २२,२०८२

रूसद्वारा युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण


किएभ। रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार हुँदा तिनमा आगो लागेको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको छ ।

यसैबीच, रुसका एकजना शीर्ष कूटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहो¥याएका छन् । यद्यपि उनले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेको दाबी गरे । “हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ सबैलाई थाहा वैमनस्य वार्ताको टेबलमा समाप्त हुन्छ,” रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार युगान्डा भ्रमणको क्रममा भनेका छन् । गत मार्चको अन्त्यमा इस्तानबुलमा दुई पक्षबीच भएको बैठकपछि वार्ता अगाडि बढेको उनले बताए ।एपी


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #रूसद्वारा युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545